रौतहटमा कार दुर्घटना, ४ जनाको मृत्यु

रौतहटमा कार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । गएराति करिब १० बजेतिर जिल्लाको यमुनामाई गाउँपालिका-५ जुनखुनुवामा भारतीय युके १२ सी २९०० नम्बरको कार दुर्घटना हुँदा चार जना पुरुषको मृत्यु भएको हो ।

मृत्यु हुनेमा २० देखि २५ बर्षका चार भारतीय नागरिक रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। मृतकहरुको सनाखत हुन सकेको छैन । चारैजनाको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल गौरमा राखिएको छ । सडक तलको खाल्डोको पानीमा डुबेको अवस्थामा कार भेटिएको र सिसा फोडेर चार जनालाई निकालेर अस्पताल पुर्याए पनि अस्पतालले उनीहरुलाई मृत घोषित गरेको हो ।

गएराति नै भारतीय प्रहरीलाई घटनाबारे जानकारी गराइएको घिमिरेले बताए ।

Loading...