जनकपुरमा धर्मको विषयलाई लिएर झडप भएपछि भोलिसम्म निषेधाज्ञा

जनकपुरमा दुई समूहबीच झडप भएपछि निषेधाज्ञा जारी गरिएको छ ।

शनिबार दिउँसो जनकपुर उपमहानगरपालिका वडा नम्बर २० रुपैठामा धर्मको विषयलाई लिएर दुई समूहबीच झडप भएको हो । प्रहरीले झडपलाई नियन्त्रणमा लिन केही राउन्ड अश्रु ग्यास समेत प्रहार गरेको थियो । झडपमा परेर केही सुरक्षाकर्मी समेत घाइते भएका छन् ।

स्थिति नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुर–२० देवपुरा रुपैठाको चार किल्ला पूर्वमा जलाद नदीको कलरी बाँध, पश्चिममा जनकपुर–जटही मार्ग, उत्तरमा हनुमाननगर, रामपुर र बहुअर्वा जाने बाटो तथा दक्षिणमा देवपुरा निम चोकदेखि बहुअर्वा जाने बाटोसम्म निषेधाज्ञा लागू गरेको छ ।

शनिबार अपरान्हदेखि लगाइएको निषेधाज्ञा आइतबार राति १० बजेसम्म लागू रहने प्रमुख जिल्ला अधिकारी बन्दुप्रसाद बास्तोलाले जानकारी दिए । निषेधाज्ञा उल्लंघन गर्ने जोकोहीलाई प्रहरीले काबाही गर्ने चेतावनी दिइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार