प्रचण्ड अस्पताल भर्ना

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्पताल भर्ना भएका छन्।

स्वास्थ्यमा समस्या आएपछि शनिबार दिउँसो प्रचण्डलाई मेडिसिटी अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ । उनमा रक्तचाप बढेको बताइएको छ ।

प्रचण्ड केही दिनअघि डोल्पा भ्रमणमा गएका थिए । त्यहाँबाट फर्केपछि उनको रक्तचाप असन्तुलन भएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार