बार्सिलोनालाई हराउँदै मड्रिड शीर्षस्थानमा

रियाल मड्रिड बार्सिलोनालाई पराजित गर्दै शीर्षस्थानमा उक्लिएको छ । क्याटलान क्लब बार्सिलोनालाई २–१ ले पराजित गरेपछि रियलले एट्लेटिको म्याड्रिड र बार्सिलोनालाई पछि पार्दै ला लिगाको शीर्षस्थानमा उक्लन सफल भएको हो ।

शीर्षस्थानमा उक्लिएको रियलको ३० खेलबाट ६६ अंक पुगेको छ । समान ६६ अंक भएपनि हेड टु हेडमा रियलले एट्लेटिकोलाई पछि पारेको हो । एट्लेटिकोले एक खेल कम खेलेको छ । पराजित बार्सिलोना ६५ अंक जोडेर तेस्रो स्थानमा झरेको छ ।

गएराति बार्सिलोना विरुद्धको कठिन खेलमा रियाल मड्रिडका करिम बेन्जमा र टोनि क्रुशले एक एक गोल गरे ।

पराजित टोली बार्साका ओस्कर मिन्गुएजाले एक गोल फर्काए । खेलको अन्तिम मिनेटमा रियालका कासेमिरो रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि टोली १० जनामा समेटियो ।

ला लिगाकै अन्य खेलहरुमा लेभान्तेले आइबार तथा काडिजले गेटाफेलाई १–० ले हराएका छन् । एथ्लेटिक बिल्बाओ र डेपोर्टीभो आलाभेजले गोलरहित बराबरी खेलेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार