नेता कार्यकर्ता खोसाखोसमा जसपा र लोसपा

जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को आधारभूमि तराई मधेस हो । दुवै पार्टीको भोट बैंक पनि तराई मधेस नै हो । त्यसैले दसैँतिहार, छठजस्ता महत्त्वपूर्ण चाडमा जसपा र लोसपाका नेताहरु चाडपर्व मनाउनभन्दा पनि व्यस्त भए ।

जसपा र लोसपाका अधिकांश शीर्ष नेता दसैँदेखि मधेसमै छन् । उनीहरु कात्तिकभर मधेसमै बस्ने भएका छन् । जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर, शीर्ष नेता राजेन्द्र महतो यसबीचमा अर्जेन्ट काम परेको बेला मात्र काठमाडौँ आए । धेरै जसो समय मधेसमै बसे । यहाँसम्म कि अघिल्लो दिन काठमाडौँ आएर भोलिपल्टै मधेश फर्किए ।

मधेसमा अहिले दिनहुँ जस्तो पार्टी प्रवेश कार्यक्रम हुने गरेका छन् । कहिले जसपा त कहिले लोसपाका तर्फबाट पार्टी प्रवेश कार्यक्रम भइरहेका छन् । लोसपाको कार्यकारिणी समिति सदस्य केशव झाका अनुसार कात्तिक २९ गते वीरगञ्जमा ठूलो तहको पार्टी कार्यक्रम राखिएको छ । नेताहरुको नाम भने उनले खुलाउन चाहेनन् । नाम खुलाए चलखेल हुने उनको बुझाइ छ । यसले उपेन्द्र यादवलाई ठूलै धक्का लाग्ने उनको दाबी छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार