सिरहामा सुनचाँदी व्यवसायीको खुकुरी प्रहार पछि गोली हानी हत्या

सिरहाको लाहान नगरपालिका–२२ गड्डा चोकमा लुटेराको एक समुहले गोली प्रहार गरी एक जनाको हत्या गरेको छ ।

सुनचाँदी पसल गरि बस्ने ४५ वर्षिय प्रदिप कुमार विश्वकर्माको घरमा प्रवेश गरि लुटेराहरुले उनको हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रदिपलाई नाक र टाउकोमा खुकुरी प्रहार गरेपछि छातीमा गोली हानी हत्या गरेको र उनकी श्रीमती अनिता विश्वकर्मामाथि पनि घाइते भएको सिराहाका प्रहरी उपरीक्षक सुदीप राजभण्डारीले जानकरी दिए ।

घटनामा घाइते भएकी अनिताको सिराहास्थित सप्तऋषी अस्पतालमा उपचार भैरहेको छ । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

लहान नगरपालिका वडा नम्बर ७ का रामकृष्ण चौचरी र सूर्य सहनी पक्राउ परेका हुन् । चौधरीलाई फलामको रड बोकेर भाग्दै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार