एमालेकाे १० औँ महाधिवेशनकाे लाेगाे सार्वजनिक, गैँडाकाे हातमा पार्टीको झन्डा

नेकपा एमालेले पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गरेको छ । शुक्रबार च्यासलस्थित तुलसीलाल स्मृति प्रष्ठिानमा आयोजित कार्यक्रममा महासचिव ईश्वर पोखरेलले लोगो सार्वजनिक गरेका हुन् ।

महाधिवेशनको लोगोमा पृष्ठभूमिमा १० लेखिएको छ भने गैँडाले पार्टीको झन्डा बोकेको देख्न सकिन्छ । एमालेले १० औं महाधिवेशन चितवनमा गर्न लागेको र चितवन गैंडाका लागि प्रख्यात भएकोले लोगोमा गैंडा राखिएको नेताहरुले बताएका छन् ।

त्यस अवसरमा पार्टीका कार्यालय सचिव शेरबहादुर तामाङले ई–सेवामार्फत् पार्टीका हरेक सदस्यलाई कम्तीमा पनि एक सय रुपैयाँ महाधिवेशनका लागि आर्थिक सहायता प्रदान गर्ने प्रणालीबारे जानकारी गराए ।

एमालेको दशौँ राष्ट्रिय महाधिवेशन यही मङ्सिर १०, ११ र १२ गते चितवनमा आयोजना हुँदैछ । महाधिवेशनमा एक हजार नौ सय ९९ प्रतिनिधि सहभागी हुनेछन् । त्यसका लागि भोलि शनिवार देशभर प्रतिनिधि चयन हुँदैछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार