संयुक्त विद्यार्थी संगठनद्वारा आयल निगमको केन्द्रीय कार्यालयमा धर्ना

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा सत्ता निकट विद्यार्थी संगठनले नेपाल आयल निगमको कार्यालय अगाडि धर्ना दिएका छन् ।

मूल्यवृद्धि फिर्ता गर्न सरकारलाई दवाव दिने उद्देश्यले शुक्रबार बिहान १० बजेबाट विद्यार्थीहरुले नेपाल आयल निगमको केन्द्रीय कार्यालय टेकु पुगेर धर्ना दिएका हुन् । उनीहरुले तत्काल पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्न माग गरेका छन् ।

मूल्यवृद्धिविरुद्ध विद्यार्थी संगठनहरुले चरणबद्ध आन्दोलनको घोषणा गरेका छन् । यसअघि उनीहरुले मूल्यवृद्धि फिर्ता लिन माग गर्दै सरकारसमक्ष ज्ञापन पत्र बुझाएका थिए ।

धर्नामा सत्तारुढ नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी लगायत दल सम्बद्ध विद्यार्थी संगठनका नेताहरु सहभागी थिए ।

पेट्रोलियम पदार्थको पछिल्लो पटक मूल्यवृद्धि गरिएपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेमा आवद्ध विद्यार्थी संगठन अनेरास्ववियुले पनि सरकारविरुद्ध आन्दोलन गर्दै आएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार