प्रधानन्यायाधीश जबराले तोके सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोकेका छन् ।उनले आठवटा इजलासमा पेसी तोक्नुभएकामा सातवटा संयुक्त र एउटा एकल इजलास रहेको छ । पेसी तोकिए पनि सुनुवाइ भने प्रारम्भ भएको छैन । प्रधानन्यायाधीशले मन्त्रिमण्डल विस्तारमा भाग खोजेको भन्ने आरोपका कारण यही कात्तिक ७ गते आइतबार मध्याह्नदेखि न्यायालयमा प्रश्न उठेको र उक्त प्रश्नको जवाफको माग गर्दै न्यायाधीशहरूले सुनुवाइ गर्न इन्कार गर्दै आएका थिए ।

सर्वोच्चमा यही कात्तिक ८ गतेदेखि मुद्दाको सुनुवाइ नभए पनि बीचबीचमा बन्दीको मुद्दामा मात्र सुनुवाइ भएको छ । प्रधानन्यायाधीश राणाले आफूलाई संविधान र कानूनले प्रधानन्यायाधीशका रूपमा जिम्मेवारी दिएको र त्यो पूरा गर्न आफूसक्षम रहेको बताउँदै न्यायाधीशहरूलाई पनि संविधान र कानूनबमोजिम आ–आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गरेमन छन्।

सर्वोच्चमा बेन्च बस्न नसक्दा मुद्दाको सुनुवाइ नभएर न्यायको पर्खाइमा बसेका सेवाग्राही मर्कामा परेका छन् । अदालत परिसरमा नेपाल बार एशोसिएशनको धर्नाका कारण सुरक्षा व्यवस्था कडा पारिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार