रेडियो नेपालमा स्थायी जागिर खुल्यो, संवाददातादेखि इन्जिनियरसम्म अवसर

रेडियो नेपाल अर्थात् रेडियो प्रसार सेवा विकास समितिले स्थायी पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको छ । रेडियोले लोकसेवा आयोगको सहमतिमा शुक्रबार विज्ञापन आह्वान गरेको हो ।

जसअनुसार रेडियो नेपालले ३ जना इन्जिनियर, २ प्रशासकीय अधिकृत, २ लेखा अधिकृत माग गरेको छ । त्यस्तै, १/१ जना व्यापार अधिकृत, कार्यक्रम अधिकृत, गायनरवाद्य संयोजक, सम्पादक (नेपाली), संवाददाता, प्रधान सहायक, लेखापाल र वरिष्ठ व्यापार सहायकका लागि पनि विज्ञापन आह्वान भएको छ ।

रेडियो नेपालले ७ जना वरिष्ठ प्राविधिक सहायक र २ वरिष्ठ कार्यक्रम सहायकका लागि विज्ञापन खुलेको छ । १/१ वाद्यवादक, समाचार वाचक (नेपाली), कार्यालय सहायक, सहायक लेखापाल र कार्यक्रम सहायकका लागि अवसर छ । रेडियो नेपालले १० जना प्राविधिक सहायक पनि माग गरेको छ ।

योग्यता पुगेका उम्मेदवारले २१ दिनभित्र आवेदन दिनसक्ने छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार