विप्लवद्वारा देशव्यापी आन्दोलनदेखि नेपाल बन्दसम्मका कार्यक्रम घोषणा

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध देशव्यापी आन्दोलनको घोषणा गरेको छ । नेकपाले देशैभर ६ दिने विरोध कार्यक्रम घोषणा गरेको हो ।पार्टीका महासचिव विप्लवले विज्ञप्ति जारी गर्दै देशव्यापी विरोधदेखि नेपाल बन्दसम्मका कार्यक्रम घोषणा गरेका हुन् ।

विज्ञप्तिमा उल्लेख भएअनुसार आज २५ गते देशव्यापी विरोध गर्ने, कात्तिक २६ गते मशाल जुलुस निकाल्ने, २७ गते दिउँसो १ देखि २ बजेसम्म देशव्यापी प्रदर्शन गर्ने, २८ गते बिहान १० देखि ११ बजेसमम चक्काजाम गर्ने, २९ गतेदिउँसो सिट्ठी जुलुस र साँझ मसाल जुलुस निकाल्ने जनाइएको छ ।

विप्लव समूहले अन्तिम दिन कात्तिक ३० गते नेपाल बन्द गर्ने भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार