नेपाल–सिलगुरी बससेवा डेढ वर्षपछि पुन: सञ्चालनमा

काठमाडौं र भारतको पश्चिम बंगालस्थित सिलगुरीबीचको बससेवा डेढ वर्षपछि पुन: सञ्चालन भएको छ ।

कोरोना महामारीका कारण रोकिएको बस सेवा मंगलबारबाट सुरु भएको हो । ४५ सिट क्षमताको बस मंगलबार अपरान्ह सिलगुरीको जक्सन बसपार्कबाट काठमाडौंका लागि छुटेसँगै बस सेवा पुन: सञ्चालन भएको हो ।

उक्त बस बिहीबार बिहान काठमाडौं आइपुग्ने छ । बस काकडभिट्टा, लालगढ, नौबिसे भएर काठमाडौं आउने सिलगुरी बस ओनर एण्ड बुकिङ एशोसियसनले जनाएको छ । यात्रुले सम्पूर्ण सुरक्षा मापदण्ड पूरा गर्नुपर्ने हुन्छ । बस मंगलबार, बिहीबार र शनिबार काठमाडौंबाट दिउँसो तीन बजे सिलगुरीका लागि छुट्नेछ । भाडादर प्रतिव्यक्ति २ हजार ४ सय रुपैयाँ रहेको छ ।

सम्बन्धित समाचार