संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)को ४१औँ महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल फ्रान्स प्रस्थान गरेका छन् ।
यही नोभेम्बर ९ देखि नोभेम्बर २४ तारिखसम्म पेरिसम चल्ने महासभामा सहभागी हुन मन्त्री पौडेल बुधबार त्यसतर्फ प्रस्थान गरेका हुन् । १९३ राष्ट्रको प्रतिनिधित्व रहेको महासभा बैठकमा शिक्षा मन्त्री एवं युनेस्कोका लागि नेपालका अध्यक्ष पौडेलले बिहीबार सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
प्रतिनिधिमण्डलमा शिक्षा मन्त्रालयका सचिव एवं युनेस्को नेपालका निमित्त नेपाल राष्ट्रिय आयोगका महासचिव रामप्रसाद थपलिया, आयोगका सहायक महासचिव डा बाबुराम अधिकारीलगायत छन् ।