सज्जा चौलागाईको ‘आई मिस यु’ सार्वजनिक

गायिका सज्जा चौलागाईको स्वरमा समावेश  ‘आई  मिस यु’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।  यथार्थपरक यस गीतलाई गीतकार  राजश्री बस्न्यात श्रेष्ठले आफ्नै  जीवन भोगाईलाई समेटेर लेखेकी हुन् ।

वरिष्ठ संगीतकार न्ह्यू बज्राचार्यले संगीतवद्द गरेको यस गीतलाई गोपाल रसाइलीले संगीत संयोजन गरेका हुन् । दुई  जना सुन्दर जवान छोरीहरु गुमानु पर्दाको पिडालाई समेटेर तयार पारिएको गरिमा शर्मा र श्रेया सिटौलाले छोरीहरुको भूमिका निभाएका छन् ।  उत्तम हुमागाईले छायांकन गरेको भिडियोलाई प्रविन श्रेष्ठले सम्पादन गरेका हुन् ।

मनिक लाल श्रेष्ठ निर्माता रहेको भिडियोलाई गीतकार श्रेष्ठको परिकल्पना र निर्देशनमा तयार पारिएको हो ।  गीतकार श्रेष्ठको आधिकारिक च्यानल ‘राजश्री स्टोरिज’ मार्फत भिडियो सार्वजनिक गरिएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार