एमसीसी फिर्ता लिन अमेरिकी सरकारलाई वामदेव गौतमको आग्रह

नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना फिर्ता लिन अमेरिकी सरकारलाई आग्रह गरेका छन् ।

बुधबार एक विज्ञप्ति जारी गर्दै गौतमले एमसीसी परियोजनालाई लिएर नेपाली जनमत विभाजित भएको र तत्काल यो संसदबाट अनुमोदन हुन नसक्ने भन्दै परियोजना फिर्ता लिन माग गरेका हुन् ।

राष्ट्रिय सभा सदस्य समेत रहेका गौतमले नेपालको संसद र सरकार विशिष्ठ अवस्थाको रहेको भन्दै यो सरकार र संसदवाट एमसीसी अनुमोदन हुन नसक्ने उल्लेख गरेका छन् ।

‘अहिले आएको एमसीसी परियोजनाले नेपालको हित भन्दा पनि जनमतको विभाजनका कारण गम्भीर अहित हुने अवस्था सृजना हुने देखिएको छ । नेपालमा अहिलेको जटिल अवस्थामा जुन सरकार बनेको छ र जस्तो अवस्थामा संसद्‌ रहेको छ, नेपाल सरकारले र संसद्ले पनि अनुमोदन गर्ने सक्ने अवस्था देखिन्न’ उनले भनेका छन्, ‘यस्तो अवस्थामा म नेपाल सरकार र संयुक्त राज्य अमेरिकी सरकार समक्ष एमसीसी परियोजना फिर्ता गर्न बिनम्र अनुरोध गर्दछु । यो अवस्थालाई मध्यनजर गर्दै एक पक्षीय रुपमा भए पनि मित्र राष्ट्र संयुक्त राज्य अमेरिकी सरकारलाई एमसीसी परियोजना फिर्ता लगेर नेपालको हित प्रबर्धन गर्न विनम्र अनुरोध गर्दछु ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार