छठ पूजा गर्ने व्रतालु महिलालाई साडी वितरण

छठ पूजा गर्ने दुई हजार ५०० व्रतालुलाई वीरगञ्जका समाजसेवी एवम संविधानसभा सदस्य अनिल रुङ्गटाले साडी वितरण गरेका छन् । वीरगञ्ज महानगरपालिका–१ र २ का व्रतालुलाई करिब रु चार लाख बराबरको साडी बाँडेका छन् ।

कोरोना सङ्क्रमणका कारण व्यक्तिको आयस्तर कमजोर भएको र बढ्दो महङ्गाइँले व्रतालुलाई छठ पर्व मनाउन समस्या भएको भन्दै उनले थोरै भए पनि राहत प्रदान गर्ने उद्देश्यले छपकैयाको दुई वडाका गरिब तथा दलित व्रतालुलाई साडी वितरण गरेको बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार