३ हजार ५३२ वटा नमुना परिक्षणमा ३३७ जनामा कोरोना संक्रमण

नेपालमा शनिबार थप ३३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिललो २४ घण्टामा ३ हजार ५३२ वटा नमुना परिक्षण गर्दा ३३७ जनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७९ हजार ७२५ पुगेको छ ।

त्यस्तै थप १५१ जना संक्रमित कोरोनामुक्त भएका छन् भने हालसम्म दुई लाख ७३ हजार ८८६ जना कोरोनामुक्त भएका छन् ।

गत २४ घण्टामा कोरोनाका कारण एक जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म तीन हजार ३९ जनाले कोरोनाका कारण ज्यान गुमाइ सकेका छन् । हाल नेपालमा २ हजार ८ सय जना आइशोलेशन र ८४ जना क्वारेन्टाइनमा छन् । त्यस्तै २३ लाख ९ हजार ७७६ वटा पिसिआर गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार