टेस्लालाई ५० अर्ब डलर नोक्सान

विद्युतीय कार निर्माता कम्पनी टेस्ला इंकको सेयर मूल्यमा लगातार दोस्रो दिन गिरावट आएको छ । कम्पनीका मालिक एलन मस्कले गरेको एउटा मत सर्वेक्षणमा ट्विटर प्रयोगकर्ताले मस्कले १० प्रतिशत सेयर बिक्री गर्नुपर्ने बताएपछि कम्पनीको सेयरमा गिरावट आएको हो ।

मंगलबार ४ दशमलव ९ प्रतिशतले गिरावट आएको टेस्लाको सेयर मूल्य बुधवार ९ दशमलव ५ प्रतिशतमा झरेको छ । सेयर मूल्यमा गिरावटसँगै टेस्ला इन्कलाई करिब ५० अर्ब डलर नोक्सान भएको छ । टेस्साले पछिल्लो १४ महिनाको अवधिमा यति ठूलो परिणाममा नोक्सान भएको हो ।

यो ब्लूमबर्ग बिलिनियर्स इन्डेक्सको इतिहासमा दुई दिनमा भएको सबैभन्दा ठूलो गिरावट हो । यसअघि सन् २०१९ मा म्याकेनी स्कटसँग जेफ बेजोसको सम्बन्ध विच्छेदपछि ३६ अर्ब डलरको गिरावट आएको थियो ।

पछिल्लो समयमा टेस्लाबारे नकारात्मक समाचार विवरण सार्वजनिक हुन थालेका छन् । ट्विटरमा भएको एउटा मत सर्वेक्षणका मतदाताहरूले मस्कलाई १० प्रतिशत सेयर बिक्री गरेर कर तिर्न अनुरोध गरेका थिए । मस्कले करिब २१ अर्ब डलर बराबरको सेयर बेच्नुपर्ने हुन सक्छ ।

मस्कले सञ्चालन गरेको एउटा सर्वेक्षणमा ३५ लाख ट्विटर प्रयोगकर्ताले मतदान गरेका थिए । उनीहरूमध्ये ५८ प्रतिशत मतदाताले मस्कले सेयर बिक्री गर्नुपर्ने बताएका थिए । उनीहरुले मस्कलाई क्रिप्टोकरेन्सीजस्ता अन्य क्षेत्रमा लगानी बढाउन पनि मस्कलाई सुझाव दिएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार