चक्कु प्रहार गरेर भूपेन्द्र बडुवालको हत्या

चक्कु प्रहारबाट कैलालीमा एक जनाको मृत्यु भएको छ। लम्कीचुहा नगरपालिकाण्१ का भूपेन्द्र बडुवालको मंगलबार राति ९ बजे चक्कु प्रहारबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ।

चक्कु प्रहार गर्ने व्यक्ति फरार रहेको र उनको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए।

दुई समूहबीच झडप हुँदा घटना भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार