विराटनगर कारागारमा दोहोरो झडप, चौकीदार गुरूङसहित ६ घाइते

विराटनगर कारागारमा दुई पक्षबीच दोहोरो झडप भएको छ । सो क्रममा ६ जना जना कैदीबन्दी घाइते भएका छन् । कारागारका चौकीदार किरण गुरूङले यातना दिएको भन्दै कैदीबन्दीबीच मंगलबार बिहान दोहोरो झडप भएको हो ।

झडपमा चौकीदार गुरुङ र नाइकेहरू शेखर राई, निर्मल ढकाल, विशाल मुक्ताङ, डिल्ली देवान र सूर्यदीप गुप्ता घाइते भएको कारागारका निमित्त जेलर रामप्रसाद पोखरेलले जानकारी दिए । घाइते ६ जनालाई उपचारका लागि कोशी अस्पताल पठाइएको छ ।

चौकीदार गुरूङको निर्देशनमा नाइके र भाइ नाइकेले यातना दिएको भन्दै त्यहाँका कैदीबन्दी आन्दोलित भएका थिए । चौकीदार गुरूङको शोषण र यातना सहन नसकेपछि गुरूङसहित उनी समूहका १४ जना नाइके र भाइ नाइकेलाई त्यहाँका कैदीबन्दीहरूले एउटा कोठामा थुनिदिएका थिए । त्यसपछि कैदीबन्दीबीच दोहोरो झडप भएको कारागार स्रोतले जानकारी दिएको छ । कर्तव्य ज्यान मुद्दामा कैद सजाय भोग्दै आएका गुरूङले कैदीबन्दीलाई यातना दिने गरेको आरोप छ ।

पदम कुमार लिम्बु, निर्मल ढकाल, राम कुमार राई, रमेश मण्डल, किरण गुरुङ, शखेर राई, बिशाल मुक्ताङ, डिल्ली देवान, रोशन दाहाल, सूर्यदीप गुप्ता, कपिल साह, एलएस नेपाली, राजु राई र बविहाङ राईलाई त्यहाँका अन्य कैदी बन्दीहरुले एउटा कोठामा थुनिदिएका हुन् । थुनिएका कैदीहरूलाई प्रहरीले कारागारबाट बाहिर निकालेर सुरक्षाका लागि राखेको छ । उनीहरुलाई कारागारबाट बाहिर निकालेपछि आन्दोलित कैदीबन्दीहरु शान्त भएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार