पुनम पाण्डे अस्पताल भर्ना, श्रीमान पक्राउ

अभिनेत्री तथा मोडल पुनम पाण्डेका श्रीमान् साम बम्बेलाई मुम्बई प्रहरीले पक्राउ गरेको छ । पुनम पाण्डेको उजुरीपछि सामलाई पक्राउ गरिएको हो । पुनमले सामले आफूमाथि दुर्व्यवहार गरेको आरोप लगाएर मुम्बई पुलिसमा उनीविरुद्ध मुद्दा दायर गरेकी थिइन्। रिपोर्टका अनुसार उजुरी दिएपछि पुनमलाई अस्पतालमा भर्ना गरिएको छ । उनको टाउको, आँखा र अनुहारमा गम्भीर चोट लागेको छ ।

मुम्बई पुलिसका अनुसार बम्बेविरुद्ध भारतीय दण्ड संहिता (आईपीसी) अन्तर्गत मुद्दा दर्ता गरिएको छ। पुनमको टाउको, आँखा र अनुहारमा गम्भीर चोट लागेको छ। हाल यस विषयमा थप अनुसन्धान भइरहेको छ ।

पुनम पाण्डेले श्रीमान् विरुद्ध कुटपिट गरेको उजुरी गरेको यो पहिलो पटक भने होइन । गत वर्ष, उनीहरूको विवाहको केही दिनपछि, साम, गोवामा आक्रमण गरेको आरोपमा पक्राउ परेका थिए। पाण्डेले आफूलाई श्रीमानले दुर्व्यवहार गरेको र कुटपिट गरी नराम्रो परिणाम भोग्ने धम्की दिएको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् । घटना दक्षिण गोवाको कानाकोना गाउँको हो, जहाँ यो जोडी फिल्मको सुटिङ गर्न गएको बताइएको छ।

साम बम्बेलाई भारतीय दण्ड संहिताको धारा ३५३ ९अपमानजनक०, ३५३ ९अपमान०, ५०६ ९आपराधिक धम्की० र ३५४ ९अपमानजनक नम्रता०अन्तर्गत मुद्दा दायर गरिएको थियो। अभिनेत्रीले उनीविरुद्ध घरेलु हिंसाको उजुरी दिएकी थिइन् । पुनम र सामले सेप्टेम्बर २०२० मा गोप्य रूपमा विवाह गरेका थिए र त्यसपछि सामाजिक सञ्जालमा घोषणा गरेका थिए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार