आइएमईको वर्ड टुर विथ साइग्रेस सुरू

मनि ट्रान्सफर सेवा आइएमईले ‘वर्ड टुर विथ साइग्रेस’को आयोजना गर्ने भएको छ । कम्पनीले नेपालका सात वटै प्रदेशका मुख्यमुख्य शहरहरूमा यही कार्तिक २३ गतेदेखि मङ्सिर १७ (९ नोभेम्बर देखि ३ डिसेम्बर, २०२१) सम्म उक्त कार्यक्रम आयोजना गर्ने भएको हो ।

वर्ड भ्रमणमा नेपालको लोकप्रिय स्टोरी टेलर साइग्रेसले श्रमका लागि विदेशमा गएका नेपाली कामदारहरुको संघर्षको कथा सँगसँगै रेमिटेन्स रकमको सही सदुपयोग र यसबाट प्राप्त हुने लाभका विषयलाई कथा मार्फत प्रस्तुती गर्ने कार्यक्रम रहेको कम्पनीले जनाएको छ ।

आज मंगलबार अर्थात् नोबेम्बर ९ तारिखका दिन पश्चिम धनगढीबाट शुरु हुने कार्यक्रम, २२ नोबेम्बरमा पोखरामा, १३ नोबेम्बरमा झापा, १५ नोबेम्बर धरान, १९ नोबेम्बरमा चितवन, २० नोबेम्बरमा बुटवल र ३ डिसेम्बरमा काठमाडौंमा कार्यक्रम गरिने कम्पनीले जानकारी दिएको छ ।

कार्यक्रमको टिकेटिङ्ग पार्टनर ‘आइएमई पे’ रहेको छ भने आतिथ्य पार्टनर रोडहाउस क्याफे रहेको छ भने एडुकेसन पार्टनर टेक्सस् कलेज अफ म्यानेज्मेन्ट रहेको छ भने मिडिया पार्टनर रुटिन अफ नेपाल बन्द रोनबी हुने भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार