अस्पतालमा आगो लाग्दा चार शिशुको जलेर मृत्यु

मध्ये प्रदेशको एउटा अस्पतालमा आगो लाग्दा चार नवजात शिशुको मृत्यु भएको छ । मध्ये प्रदेशको भोपालस्थित कमला नेहरू बाल अस्पतालको नवजात शिशु उपचार युनिट (एसएनसीयु) मा आगो लाग्दा उनीहरुको जलेर मृत्यु भएको हो ।

सर्ट सर्किटका कारण अस्पतालमा आगो लागेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । अस्पतालको तेस्रो तलाबाट सोमबार राति ९ बजे आगो लाग्न सुरु भएको थियो । आगो नियन्त्रणमा लिन अग्नि नियन्त्रकलाई दुई घन्टा लागेको थियो । आगलागीपछि अस्पतालका बिरामीहरुलाई बाहिर निकालिएको थियो ।

आगलागीबाट अबोध शिशुको मृत्यु भएको भन्दै मध्ये प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले गहिरो दुःख व्यक्त गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार