सस्तियो सुनको मुल्य, चाँदीको भने स्थिर

काठमाण्डौ । नेपाली बजारमा मंगलबार सुनको भाउ ओरालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९२ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार ८०० रुपैयाँमा झरेको छ।

हिजो सोमबार सुनको भाउ एकैदिन तोलामा १ हजार ५०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९२ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार २५० रुपैयाँ कायम भएको छ। हिजो तोलामा २५ रुपैयाँ बढेर चाँदी १ हजार २२५ रुपैयाँमा किनबेच भएको थियो।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार