मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

हेटौँडाबाट मकवानपुरको मनहरितर्फ जाँदै गरेको बागमती प्रदेश३००४प ७१९१ नंको मोटरसाइकललाई ना७ख ८८१ नंको ट्रकले आज बिहान साढे ६ बजे नवलपुरको मोडमा ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु भएका मोटरसाइकल चालककोे सनाखतका लागि प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जयश्वर रिमालले जानकारी दिए । उनका अनुसार ठक्कर दिने ट्रक चालक फरार भएकाले निजको खोजतलास भइरहेको छ । मृतक पुरुषको उमेर अन्दाजी ३०÷३२ वर्ष रहेको अनुमान गरिएको छ

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार