तीन महिनाको पूर्ण आरामपछि काममा फर्किए झलनाथ खनाल

नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनाल स्वास्थ्य लाभ गरी पार्टी काममा फर्किएका छन् ।

सोमबार पार्टी कार्यालय पुगेर खनालले विदेश विभागको बैठक राखेको नेकपा (एस)का प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

‘पार्टी केन्द्रीय कार्यालय, मीनभवनमा दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म उपस्थित भएर उहाँ (खनाल) प्रमुख रहनुभएको विदेश विभागको पहिलो बैठक बसेको छ,’ खतिवडाले भने ।

गत २० साउनमा नयाँ दिल्लीस्थित एपोलो हस्पिटलमा मिर्गौला प्रत्यारोपण गरेपछि चिकित्सकहरुको सल्लाहमा उनी घरमै आराम गरिरहेका थिए ।

चिकित्सकहरुले तीन महिना पूर्ण आराम गर्न सल्लाह दिएका कारण उनी कुनै पनि कार्यक्रममा उपस्थित थिएनन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार