बलात्कार आरोपमा कार्गो संघका अध्यक्ष पक्राउ

कार्गो व्यवसायीहरुको छाता संगठन फ्रेट फरवार्डस् संघ (नेफा)का अध्यक्ष मनोज अधिकारी बलात्कार आरोपमा पक्राउ परेका छन् ।

१६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा महानगरीय प्रहरी वृत्त, कमलपोखरीको टोलीले अधिकारीलाई ठमेलबाट पक्राउ गरेको हो ।

ती किशोरीले कात्तिक ८ गते अधिकारीले बलात्कार गरेको भन्दै कमलपोखरी प्रहरीमा किटानी जाहेरी दर्ता गराएकी थिइन् । सोही जाहेरीको अनुसार अधिकारीलाई पक्राउ गरेर अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार