चीनले नेपाली सेनालाई दियो तीन लाख डोज खोप

चीनले नेपाली सेनालाई तीन लाख डोज कोरोना भाइरसविरुद्धको खोप दिएको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सोमबार जंगी अड्डामा पुगेर प्रधानसेनापति प्रभुराम शर्मालाई खोप हस्तान्तरण गरेकी हुन् ।

खोपसँगै १० वटा भेन्टिलेटर र एक सय वटा अक्सिजन कन्सन्ट्रेटर पनि नेपाली सेनालाई दिइएको छ । नेपाली सेनाले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै यस किसिमको सहयोगले दुई देशबीचका सेनाको सम्बन्ध थप मजबुद हुने विश्वास लिइएको भनेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार