तोलामा १५ सयले बढ्यो सुनको मूल्य

नेपाली बजारमा आज सुनको मूल्य १५ सय रुपैयाँले बढेको छ ।

गत बिहीबार प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज एक हजार पाँच सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार पाँच सय रुपैयाँ कायम भएको छ । त्यसैगरी, तेजावी सुन प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको छ ।

यस्तै सोमबार चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला एक हजार २५० रुपैयाँ कायम भएको छ ।

Loading...