तथ्यहीन र भ्रमको राजनीति नगर्न केपी ओलीलाई मानुषीको सुझाव

मानुषी यमीले बेलायत पढेको प्रमाणित गर्न भट्टराईको चुनौती

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईकी छोरी मानुषी यमी भट्टराईले पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्ष एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई तथ्यसहित आरोप लगाउन सुझाव दिएकी छिन् ।

आइतबार राजधानीमा आयोजित एक कार्यक्रमा पूर्वप्रधानमन्त्री ओलीले भूमिगत रहेका बेला छोरीलाई बेलायत पढाउने खर्च कसरी जुट्यो भन्दै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको सम्पत्ति स्रोतमाथि प्रश्न गरेका थिए । त्यसको जवाफमा मानुसीले ओलीलाई तथ्यसहित अभिव्यक्ति दिन सुझाएकी हुन् ।

जनता समाजवादी पार्टीकी नेतृसमेत रहेकी उनले ओलीले राजनीतिलाई नै मजाकको विषय बनाएको बताएकी छिन् । उनले प्रश्न गरेकी छन्, ‘राजनीतिलाई कतिन्जेल यस्तै हावादारी र मजाकको विषय बनाउने ?’

ओलीले छोराछोरीले बेलायतको शिक्षामा मसेकम २–५ लाख महिनाको खर्च हुन्छ र छोराछोरी भूमिगत हिँड्दा कसरी पढाएको भन्दै डा.भट्टराईलाई प्रश्न गरेका थिए ।

उनले भनेका थिए , ‘हामी बेलायत जाने भिसा पाउँदैनथ्यौँ। बाबुरामका छोराछोरीले भिसा पाउँथे। कसरी होला ? के जादु होला त्यसमा?  एउटा भूमिगत क्रान्तिकारी नेताका छोराछोरीको बाउको नाम त चाहिन्छ, नागरिकता चाहिन्छ पासपोर्ट पाउन। कुन पासपोर्टबाट जानुभएको थियोरु कहाँ भिसा लगाउनुभएको थियो बाबुरामजी बताउनुस्रु ?’

त्यसैको जवाफमा मानुसीले  सामाजिक सञ्जाल फेसबुकमा भनेकी छन्, ‘पूर्वप्रधानमन्त्री ओलीजी, अलिकति तथ्यसहित आरोप लगाउनु उपयुक्त होला ।स्नातकोत्तर अध्ययनको छात्रवृत्तिमा छानिएपछि मेरी आमा (हिसिला यमी) ले २०४९ सालमा मलाई पनि सँगै लिएर बेलायत जानुभएको हो । २०५१ मै हामी दुवै नेपाल फर्किएका थियौं ।’ उनले लेखेकी छन्, ‘हामी कुन आम्दानीको स्रोतबाट गएका थियौं । त्यहाँ कस्तो अवस्थाबाट गुज्रियौं भन्ने कुरा आमाको हालै प्रकाशित आत्मकथा ‘हिसिला को पेज नम्बर ४६ देखि ५१ सम्म उल्लेख गरिएको छ । कष्ट गरेर पढ्नुहोला । राजनीतिलाई कतिञ्जेल यस्तै हावादारी र मजाकको विषय बनाउने ?’

त्यस्तै यसअघि जसपा संघीय परिषद्का अध्यक्ष भट्टराईले पनि एमालेका अध्यक्ष ओलीलाई आफ्नो छोरी मानुषी अध्ययनका लागि बेलायत गएको प्रमाणित गर्न समेत चुनौती दिएका थिए । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्षसमेत रहेका भट्टराईले अध्यक्ष ओलीलाई उडन्ते कुरा नगर्नसमेत आग्रह गरेका छन् । यस्तै उनले पूर्वप्रधानमन्न्त्री जस्तो मान्छेले तथ्यहीन उडन्ते गर्नु शोभनीय नभएको बताएका थिए ।

मानुषी बेलायत गएको प्रमाणित गर्न ओलीलाई बाबुरामको चुनौती

 

सम्बन्धित समाचार