मानुषी बेलायत गएको प्रमाणित गर्न ओलीलाई बाबुरामको चुनौती

पूर्वप्रधानमन्न्त्री डा. बाबुराम भट्टराईले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आफ्नो छोरी मानुषी अध्ययनका लागि बेलायत गएको प्रमाणित गर्न समेत चुनौती दिएका छन् । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्षसमेत रहेका भट्टराईले अध्यक्ष ओलीलाई उडन्ते कुरा नगर्नसमेत आग्रह गरेका छन् । यस्तै उनले पूर्वप्रधानमन्न्त्री जस्तो मान्छेले तथ्यहीन उडन्ते गर्नु शोभनीय नभएको बताए ।

‘मित्र खड्गप्रसादजी,पूर्व प्रम जस्तो मान्छेले तथ्यहीन उडन्ते कुरा गर्नु शोभनीय भएन।हाम्री छोरी मानुषी ७बर्षको उमेरमा जनयुद्धपूर्व२०४९–५१मा आमा हिसिला छात्रवृत्तिमा वेलायत पढ्न गएको वेला संगै गएर संगै फर्केकी हुन्,’ ‘उनले सामजिक सञ्जाल ट्वीटरमार्फत भनेका छन् त्यस यता उनी वेलायत गएको प्रमाणित गर्नोस् न !’

आइतबार राजधानीमा आयोजित एक कार्यक्रमा पूर्वप्रधानमन्त्री ओलीले भूमिगत रहेका बेला छोरीलाई बेलायत पढाउने खर्च कसरी जुट्यो भन्दै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको सम्पत्ति स्रोतमाथि प्रश्न गरेका थिए ।

उनले भनेका थिए , ‘हामी बेलायत जाने भिसा पाउँदैनथ्यौँ। बाबुरामका छोराछोरीले भिसा पाउँथे। कसरी होलारु के जादु होला त्यसमारु एउटा भूमिगत क्रान्तिकारी नेताका छोराछोरीको बाउको नाम त चाहिन्छ, नागरिकता चाहिन्छ पासपोर्ट पाउन। कुन पासपोर्टबाट जानुभएको थियोरु कहाँ भिसा लगाउनुभएको थियो बाबुरामजी बताउनुस्रु’

ओलीले छोराछोरीले बेलायतको शिक्षामा मसेकम २–५ लाख महिनाको खर्च हुन्छ र छोराछोरी भूमिगत हिँड्दा कसरी पढाएको भन्दै प्रश्न गरेका थिए ।  अध्यक्ष भट्टराईले ट्वीटरमार्फत ओलीलाई त्यसैको तत्काल जवाफ फर्काएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार