एमसीसीको विषयमा माओवादी केन्द्र स्पष्ट छ : नारायणकाजी श्रेष्ठ

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमसीसीको विषयमा आफ्नो पार्टी स्पष्ट रहेको बताएका छन् । उनले एमसीसीको विषयमा आफ्नो पार्टी स्पष्ट रहेकोसमेत बताएका हुन् ।

सत्ता गठबन्धनका नेतासमेत रहेका श्रेष्ठले सामाजिक सञ्‍जाल ट्‍वीटरमार्फत नेपालको राष्ट्रिय सार्वभौमिकता, स्वाभिमान एवं राष्ट्रिय हित विपरितका प्रावधानहरू नसच्याई यथास्थितिमा एमसीसी परियोजना नेपालले स्वीकार गर्न नसक्‍ने बताएका छन् ।

‘नेपालको राष्ट्रिय सार्वभौमिकता ,स्वाभिमान एवं राष्ट्रिय हित बिपरितका प्रावधानहरु नसच्याई यथास्थितिमा एमसीसी परियोजना नेपालले स्वीकार गर्न सक्दैन र संसदबाट पारित गर्न सकिन्न’, श्रेष्ठले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यो नै हाम्रो पार्टी नेकपा (नेकपा माओवादी केन्द्र) को आधिकारिक निर्णय र धारणा हो।’

उनले एमसीसीको विषयमा अनावश्यक भ्रममा नपर्न र पार्टीलाई जोडेर भ्रमपूर्ण प्रचार नगर्न पनि आग्रह गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार