भाइटीकाको किनमेल गर्न जाँदा स्कुटर दुर्घटनामा परि भाईको मृत्यु, दिदि गम्भिर

सुर्खेतमा ट्रकको ठक्करबाट भाईको मृत्यु भएको छ भने पछाडी सवार दिदि गम्भिर घाइते भएकी छन् । भेरीगंगा नगरपालिका–१२, छिन्चु घर भएका २६ वर्षीय रविन राना मगरको वीरेन्द्रनगर ११ मा पर्ने ठूलो व्युरेनीमा ट्रकको ठक्करबाट मृत्यु भएको हो ।

बिहीबार दिउँसो कर्णाली प्रदेश ०२०० प ७६६९ नम्बरको स्कुटरलाई विपति दिशाबाट आइरहेको कर्णाली प्रदेश ०२–००१ प ०१२४ नम्बरको ट्रकले ठक्कर दिँदा रविनको घटनास्थलमै मृत्यु भएको हो । पछाडि सवार २९ वर्षीया दिदि रानी राना मगर गम्भिर घाइते भएको र उनको कर्णाली प्रदेश अस्पतालको आइसियूमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

उनीहरु भाइटीकाको किनमेल गर्न घरबाट सुर्खेत बजार निस्किएका थिए । चार वर्षअघि नेपाली सेनामा भर्ती भएका रविन रूकुम पश्चिमको सैनिक गणमा कार्यरत थिए । उनी तिहारको विदा लिएर बिहीबार बिहान मात्रै घर पुगेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार