तीन वर्षीया छोरी बोकेर माइती हिँडेकी ईश्वरी खोलामा खसेर बेपत्ता

जाजरकोटमा एक महिला तीन वर्षीया छोरीसहित खोलामा खसेकी छन् । तिहारमा टीका लगाउन माइतीघर हिँडेकी बारेकोट गाउँपालिका ७ की ईश्वरी शाही (सिंह) छोरीसहित डोल्पा जगदुल्ला खोलामा खसेकी हुन् । सिंह डोल्पाको मुड्केचुला गाउँपालिका २ अन्तर्गत त्रिवेणीमा पर्ने जगदुल्ला खोलामा तीन वर्षीया छोरी लक्ष्मी सिंहसहित खसकी हुन् ।

खसेको केही समयभित्रै खोलाले बगाएर आमा बेपत्ता हुनुका साथै छोरीको स्थानीयले उद्धार गरेर उपचारका लागि नेपालगन्ज पठाइएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिए । मुख, टाउको र शरीरमा गहिरो चोट लागेकाले छोरीको अवस्था गम्भीर रहेको उनले बताए ।

छिमेकी जिल्ला रुकुम (पश्चिम), जाजरकोटलाई खबर गरी बेपत्ताको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार