भाइटिकामा दक्षिणा दिँदा मेगा बैंकको क्यासब्याक, अरु पनि यस्ता छन् अफर

मेगा बैंक नेपाल लिमिटेडले ग्राहकहरुलाई तिहारमा विशेष अफर ल्याएको छ ।

डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले मेगा बैंकले तिहारमा उपहार स्वरुप “इ–तिहार क्याम्पियन” र “मेगा मार्ट क्याम्पियन” ल्याएको हो ।

“इ–तिहार क्याम्पियन” भाइटिकाको दिनलाई लक्षित गरी ल्याइएको हो । भाइटिकामा दक्षिणा दिँदा १५ प्रतिशत अर्थात ५०० रुपैंयासम्म क्यासब्याक पाइने भएको छ । यसका लागि मेगा स्मार्ट बैंकिङको प्रयोग गरेर ग्राहकहरुले भाइटिकाको दिन दक्षिणा दिन सक्ने व्यवस्था मिलाइएको छ ।

यसैगरी, “मेगा मार्ट क्याम्पियन” लक्ष्मी पुजाको दिनदेखि भाइटिकाको दिनसम्मका लागि ल्याइएको छ । यस अभियानमा मेगा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरुले घरायसी सामान खरिद गर्दा १० प्रतिशत अथवा ३०० रुपैंयासम्म छुटको व्यवस्था गरिएको मेगा बैंकले जनाएको छ ।

मेगा बैंकका ग्राहकहरुले घरमै बसी प्रविधिको माध्यमबाट यी दुबै अफरबाट अधिकतम लाभ लिन सक्नेछन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार