बेमाैसमी वर्षाका कारण मालाको मूल्य बढ्यो

विराटनगरमा यस वर्ष सयपत्री फूलको अभाव देखिएको छ । तिहारमा विशेष गरी सयपत्री फूलको बढी प्रयोग गरिन्छ । अघिल्ला वर्षहरूको तुलनामा यस वर्ष बजारमा फूल नपाइएको उपभोक्ताहरू बताउँछन् ।

सयपत्री फूल लक्ष्मीपूजा गर्न र दाजुभाइलाई लगाइदिने चलन छ । बजारमा अहिले प्रतिगोटा ५० रुपैयाँदेखि ६० रुपैयाँसम्म माला किनबेच भइरहेको छ । यो पटक कात्तिक पहिलो साता आएको बेमौसमी पानीका कारण फूल खेती डुवानमा परेका कारण फूलको अभाव भएको हो ।

गत वर्षहरूमा प्रतिगोटा २० देखि ३० रुपैयाँसम्मा सयपत्री फूलको माला पाइन्थ्यो । फूलको अभाव भएपछि बाहिरबाट फूल आयात हुने गरेको छ । विराटनगर बजारमा कोलकाताबाट फूल आयात हुने गरेको छ । स्थानीयस्तरमा फूल खेती नभएकाले भारतबाट फूल आयात गर्ने गरेको व्यापारीहरू बताउँछन् ।

कृतिम मालामा उपभोक्ताको आकर्षण फूलको अभाव भएपछि विराटनगर बजारमा अहिले फूलका मालाको सट्टा कृतिम फूलहरूबाट बनेका मालाहरूको खरिदबिक्री गर्ने क्रम बढ्न थालेको छ । प्राकृतिक फूलभन्दा बजारमा रहेका कृतिम फूलका मालाहरू सस्तो पाइने भएकाले पनि प्रयोग बढेको व्यवसायीहरूको भनाइ छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार