बहिष्कारबीच प्रधानन्यायाधीशले गठन गरे ९ इजलास

सबै मुद्दा बन्दी प्रत्यक्षीकरणका

न्यायाधीशहरूको अघोषित बहिष्कारका बीच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बुधबार बन्दीप्रत्यक्षीकरणका मुद्दा सुनुवाइ गर्न नौवटा इजलास गठन गरेका छन् ।

जबराको राजीनामा माग्दै आन्दोलनरत सर्वोच्च अदालतका १९ जना न्यायाधीशले मुद्दा सुनुवाइमा सहभागी नहुने बताए पनि जबराले इजलास तोकेका हुन् ।

सातवटा संयुक्त र तीनवटा एकल इजलासमा बन्दीका मात्र रिट निवेदन तोकिएका छन् । जबराले इजलास गठन गरेपछि न्यायायाधीशहरूले भने बुधबार पनि इजलास नजाने बताएका छन् । सोमबार बन्दीका मुद्दामा सुनुवाइ गरेका न्यायाधीश मंगलबारबाट पुन इजलासमा नजाने निर्णयमा छन् ।

प्रधानन्यायाधीशले मार्गप्रशस्त गर्ने कार्यलाई लम्ब्याउन खोजेकोलगायतका कारण देखाउँदै न्यायाधीशहरू काममा नगएका हुन् । न्यायाधीशहरूले इजलास छोडेसँगै नेपाल बार एसोसिएसनले बुधबार चौथो दिन पनि प्रधानन्यायाधीश जबराविरुद्धको प्रर्दशनलाई कायम राखेको छ । कानुनव्यवसायीहरू कालो पट्टी बाँधेर धर्नामा बसेका छन् ।

Loading...