देउवा निवासमा बसेको तीन दलको बैठक बिनानिष्कर्ष सकियो

माओवादी सकारात्मक, जसपाले माग्यो समय

नयाँ सत्ता समीकरणबारे कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको कांग्रेस, माओवादी केन्द्र र जसपाको बैठक बिनानिष्कर्ष सकिएको छ । शुक्रबार अपरान्ह करिब आधा घण्टा बसेको बैठकमा लगायत कांग्रेसका शिर्ष नेता, नेकपा माओवादी केन्द्र र जसपाका शीर्ष नेता सहभागी थिए ।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले आजको बैठकमा सभापति शेरबहादुर देउवाले कांग्रेसले गरेको प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र आफ्नो नेतृत्वमा सरकार बनाउने निर्णयबारे दलहरूलाई औपचारिक जानकारी गराएका थिए ।जसपाले सरकार निर्माणका विषयमा पार्टीमा छलफल गर्न समय माग गरेको श्रेष्ठले बताए । जसपाका नेताहरुले मुद्दा फिर्ता, बन्दीहरुको रिहाई लगायतका मुद्दा पनि रहेको उनले बताए । माओवादी केन्द्रले भने वर्तमान सरकारको विकल्प खोज्ने देउवाको प्रस्तावमा सहमति जनाएको छ  । श्रेष्ठका अनुसार अर्को बैठक छिट्टै बस्नेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार