जाजरकोटमा ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु

जाजरकोटको नलगाड नगरपालिका-५ झुल्केडाडामा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

नलगाडको कालीमाटीबाट सेपुखोला जाँदै गरेको ट्याक्टर मंगलबार दिउँसो दुर्घटनामा परेको हो । दुर्घटनामा नलगाड(५ का चंकलाल विक, सुरेश खत्री र बलबहादुर खत्रीको ज्यान गएको हो ।

नलगाड(८ का विनोद परियार घाइते भएका छन् । घाइतेको अवस्था गम्भीर रहेको डीएसपी मधुकुमार थापाले जानकारी दिए । ट्याक्टर नम्बर खुलेको छैन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार