४ हजार ७१ वटा नमुना परिक्षणमा २८८ जनामा कोरोना संक्रमण

नेपालमा शुक्रबार थप २८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७९ हजार ३८८ पुगेको छ । त्यस्तै थप १२७ जना संक्रमित कोरोनामुक्त भएका छन् भने हालसम्म दुई लाख ७३ हजार ७३५ जना कोरोनामुक्त भएका छन् ।

गत २४ घण्टामा कोरोनाका कारण कसैको पनि ज्यान नगएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म तीन हजार ३८ जनाले कोरोनाका कारण ज्यान गुमाइ सकेका छन् । हाल नेपालमा २ हजार ६१५ जना आइशोलेशन र ८४ जना क्वारेन्टाइनमा छन् । त्यस्तै २३ लाख ६ हजार २४४ वटा पिसिआर गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार