तत्काल नयाँ सरकार बन्ने अवस्था नरहे चुनाव उत्तम विकल्प हो : देउवा (भिडियो)

प्रचण्डका कारण अहिलेको राजनीतिक अवस्था आएको देउवाको भनाई

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले तत्काल सरकार बन्ने अवस्था नरहे चुनाव उत्तम विकल्प भएको बताएका छन् ।

नेपाल निजामती कर्मचारी युनियन(संघ)को राष्ट्रिय भेलालाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै सभापति देउवाले नयाँ सरकार गठनको प्रयासका लागि आफूले अन्य दलसँगको छलफललाई निरन्तरता दिएको भन्दै सरकार बन्न नसके चुनाव नै उपयुक्त विकल्प भएको बताएका हुन् ।

त्यस्तै उनले चुनावमा जानुपर्ने बाध्यता हुनसक्ने भन्दै त्यसका लागि कांग्रेस तयार हुनुपर्ने धारणा पनि राखेका छन् । देउवाले पार्टीले कांग्रेसको नेतृत्वमा सरकार बनाउने निर्णय लिएकोमा धन्यवाद दिँदै देउवाले आफू नै प्रधानमन्त्री हुनुपर्छ भन्ने नरहेको स्पष्ट पारे । सभापति देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कारण अहिलेको राजनीतिक अवस्था आइपरेको बताए । आमनिर्वाचन लगत्तै आफूले प्रचण्डलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेपनि वामएकता भन्दै प्रचण्डले नै ओलीलाई सत्ता सुम्पेको देउवाको भनाई छ । त्यस्तै उनले संसदमा कांग्रेसको संख्या कम भएकाले बैठक समेत बोलाउन नसकेको उल्लेख गर्नुभयो ।

उनले चुनावको समयमा आफूले कम्युनिष्टको सरकार आयो भने रुन पनि पाइँदैन भनेर भनेको स्मरण गर्दै अहिले अवस्था त्यस्तै आएको बताए । तर, तात्कालीन समयमा आफूले भनेका कुरा कसैले नसुनेको र दुईवटा पार्टी मिलेकाले जनताले पनि तीनै पार्टीलाई भोट दिएको उनले उल्लेख गरे ।

उनले भने, ‘मैले पहिला भनेको थिएँ । तपाईहरुलाई याद होला । कम्युनिष्टको सरकार आयो भने तपाई रुन पनि पाउनुहुन्न भनेको थिएँ । दुईवटा पार्टी मिले । मिलेपछि जनताले भोट हाल्दिए के गर्ने । भोट त हाम्रो हातमा छैन नि । जनताले हराएपछि हारिन्छ के गर्ने ? जनताको माझ जाउँ । जनताको दिल जितौं । अनि हामी चुनाव किन जित्दैनौ ? जनता यस देशको मालिक हो । जनताको भोट हामीले पाउनुपर्छ । तर जनताले दिदैनन् के गरुँ त । तर समानुपातिकमा त एमाले र हाम्रो बराबर छ ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार