प्रदेश १ मा राजेन्द्र राई मुख्यमन्त्री बन्दै, आजै सानो आकारको मन्त्रीमण्डल बनाउने

प्रदेश १ मा आज नेकपा एकिकृत समाजबादीका नेता राजेन्द्र राई मुख्यमन्त्री बन्दै छन् । सोमबार मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिएसँगै राईलार्ई मुख्यमन्त्री बन्ने बाटो खुलेको हो । सोमबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै आचार्यले पदबाट राजीनामा दिएका थिए ।

राईले मुख्यमन्त्रीमा दावी पेश गीरसकेका छन् । उनलाई एकीकृत समाजवादीसँगै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदको समर्थन रहेको छ । प्रदेश १ मा सरकार गठनका लागि दावी पेश गर्न ४७ सांसदको हस्ताक्षर आवश्यक पर्छ ।

सोमबार दिउँसो मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएपछि प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले नेपालको संविधानको धारा १६८ को (२) बमोजिम सरकारका लागि मंगलबार दिउँसो १ बजेसम्म दाबी पेस गर्न आह्वान गरेका थिए ।

गठबन्धनले सरकारको नेतृत्वमा दाबी भएपछि मंगलबार दिउँसो (आज) शपथग्रहण गराइने भएको छ । सानो आकारको मन्त्रीमण्डल बनाउने गठबन्धनको तयारी छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार