प्रदेश १ का मुख्यमन्त्री आचार्यले राजीनामा दिने

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिने भएका छन् ।

प्रदेश सभा बैठकमा उनको विश्वासको मतको प्रस्तावमा मतदान गर्ने कार्यतालिका थियो । तर बहुमत नपुग्ने भएपछि उनले त्यस अगाडि नै राजीनामा दिन लागेका हुन् ।

प्रदेशसभाको बैठक दिउँसो १२स्३० बजे बस्न लागेको छ । प्रदेशसभा बैठकमा मुख्यमन्त्री आचार्यले सरकारले गरेका कामबारे जानकारी गराएर राजीनामा दिने तयारी गरेका हुन् ।

मुख्यमन्त्री आचार्यले प्रदेशसभा बैठकमा कात्तिक ५ गते विश्वासको मतका लागि पेस गरेको प्रस्तावमाथि छलफल गरी मत विभाजन प्रक्रियाद्वारा टुंग्याउने कार्यसूची तय गरिएको छ । कांग्रेस पार्टीभित्रको अन्तरविरोधले प्रदेश १ सभाको बैठक कात्तिक ७ गते सूचना टाँसेर कार्तिक १५ गतेसम्मका लागि स्थगित गरिएको थियो ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार