कुमारी बैंकले गर्‍याे आठ दशमलव ६७ प्रतिशत लाभांश दिने घोषणा

कुमारी बैंकले १६ कात्तिकमा २१औँ वार्षिक साधारणसभा बोलाएको छ । बैंकले आठ दशमलव ६७ प्रतिशत लाभांश प्रस्ताव पारित गर्न बैंकको रजिष्ट्रार कार्यालय टंगाल, काठमाडौंमा बिहान ११ः३० बजे सभा आह्वान गरेको हो ।

सभा भर्चुअल माध्यमबाट आयोजना हुनेछ । सभामा उपस्थित हुने सेयरधनीलाई मिटिङ आईडी र पासवर्ड उपलब्ध गराइने बैंकले जनाएको छ । सभामा सञ्चालक समितिले प्रस्ताव गरेको चुक्ता पुँजीको छ प्रतिशत बोनस सेयर र दुई दशमलव ६७ प्रतिशत नगद लाभांश (करसहित) वितरण प्रस्ताव पारित हुनेछ ।

सभामा अन्य उपयुक्त संस्थासँग मर्जर, एक्विजिसन गर्ने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतको प्रस्ताव छ ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले ८ कात्तिकमा बुक क्लोज गरेको छ । यसअनुसार ७ कात्तिकसम्म कायम सेयरधनीले मात्र लाभांश पाउन तथा सभामा सहभागिता जनाउन सक्नेछन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार