राष्ट्रिय वाणिज्य बैंकसँगको समन्वयमा नागस्थानमा नयाँ ट्राफिक लाईट जडान

महानगरीय ट्राफिक प्रहरी महाशाखाले राष्ट्रिय वाणिज्य बैंकसँग समन्वय गरि काठमाडौंको नागस्थानमा नयाँ ट्राफिक लाईट जडान गरी सञ्चालनमा ल्याएको छ ।

नयाँ जडान गरिएको ट्राफिक लाईट महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले स्वीच अन गरेर संयुक्त रूपमा उद्‍घाटन गरेका हुन् । ट्राफिक व्यवस्थापनमा प्रविधिको प्रयोग गरि आवागमनमा सहजता ल्याउन चोक चोकमा ट्राफिक लाईट जडान गर्ने कार्यलाई तीव्रता दिइदै आएको महाशाखाले जनाएको छ । प्रविधिमार्फत ट्राफिक व्यवस्थापन गर्दा आम सडक प्रयोगकर्ताहरुको आवागमनमा सहजता आउनुको साथै सडक अनुशासन कायम गर्न र दुर्घटना न्युनिकरण समेत हुने एसएसपी जनक भट्टराईले बताए ।

शुक्रबारदेखि संचालनमा आएको ट्राफिक लाईट समेत गरि उपत्यकाको मुख्य मुख्य ३२ वटा चोकहरुमा ट्राफिक लाईटबाट ट्राफिक व्यवस्थापन हुने महाशाखाले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार