सानिमा बैंकको १७ औं साधारण सभा सम्पन्न

सानिमा बैंक लिमिटेडले कार्तिक १४ गते आईतबारका दिन १७औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको छ ।
कोभिड १९ भाइरसको संक्रमणलाई ध्यानमा राख्दै सुरक्षा सावधानीका उपायहरु अपनाइ शेयरधनीहरुको उपस्थितिमा बैठक सम्पन्न गरियो । साथै अधिकतम शेयरधनीहरुको उपस्थितिको लागि भर्चुअल माध्यमको व्यवस्था पनि गरिएको थियो ।
बैंकका अध्यक्ष श्री विनय कुमार श्रेष्ठको अध्यक्षतामा भएको उक्त सभाले संचालक समितिले प्रस्ताव गरेअनुसार हालको चुक्ता पँुजीको १७ प्रतिशत बोनस शेयर र ०.८९४७ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । संस्थापक समूहको तर्फबाट संचालक समितिमा श्री तुक प्रसाद पौडेल, श्रीमती गायत्री थापा र डा. केशव प्रसाद आचार्य १७ औं वार्षिक साधारणसभाबाट सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको छ । श्री तुक प्रसाद पौडेल र श्रीमती गायत्री थापा भने पुःननिर्वाचित हुनुभएको हो ।
आर्थिक बर्ष २०७७÷७८ मा रु. २.३२ अर्ब खुद मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति रु. १६०.७५ अर्ब, कुल निक्षेप रु. १३०.८८ अर्ब तथा खुद कर्जा सापटी रु १२३.१७ अर्ब रहेको छ । आर्थिक वर्ष २०७६÷७७ को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमश १८.८८, ३१.४५ र २७.२६ प्रतिशतले बृद्धि गरेको छ ।
बैंकको वित्तिय परिसूचक (असार मसान्त २०७८)
निष्क्रिय कर्जा ०.१२ ५
पुँजीकोष १३.५७ ५
तरलता २२.१५ ५
कर्जा निक्षेप अनुपात (मासिक औसत) ८२.३१ ५

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार