न्यायायाधीश र बारको बहिष्कारबीच प्रधानन्यायाधीशले दिए अन्तरिम आदेश

नेपाल बार एसोसिएसनको बहिष्कारकाबीच प्रधानन्यायाधीश चालेन्द्र शमशेर जबराले आइतबार मुद्दा सुनुवाइ गरेका छन् ।

सर्वोच्च अदालतका १९ जना न्यायाधीशसमेत उनको राजीनामा मागेर अघोषित इजलास बहिष्कारमा रहेका बेला प्रधानन्यायाधीश जबराले मध्यान्हपछि आफ्नो इजलासमा पेसीमा राखिएका दुईवटा रिटको सनुवाइ गर्दै आदेश जारी गरेका छन् ।

जबराले एउटा रिटमा अन्तरिम आदेश जारी गरेका छन् । महान्यायाधिवक्ता कार्यालयले चितवन जिल्ला अदालतसमेतलाई विपक्षी बनाई दायर गरेको रिटमा सुनुवाइ गर्दै जबराले उक्त मुद्दा चितवन जिल्ला अदालतमै फर्काउने अन्तरिम आदेश दिएका हुन् । सो आदेशपछि नेपाली सेनाका एक कर्मचारीमाथि लागेको कर्तव्य ज्यानसम्बन्धी मुद्दाको सुनुवाइ नियमित अदालतमा नै हुने भएको छ ।

नियमित अदालतले सुनुवाइ गर्नुपर्ने मुद्दा जिल्ला अदालत चितवन र उच्च अदालत पाटनको हेटौंडा इजलासले सैनिक अदालतमा पठाउने आदेश गरेपछि उक्त आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा रिट दिएको थियो ।

अर्को एउटा रिट हेर्दाहेर्दैमा सकिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ । न्यायाधीश कुमार रेग्मीसँगको संयुक्त इजलासमा भने रेग्मी नगएपछि सुनुवाइ हुन सकेन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार