नेपालमा शनिबार थप ३ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा शनिबार थप ३ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ५ हजार ३ सय १६ पिसिआर परिक्षणका क्रममा २ सय ९७ जना र २ हजार ५ सय ९५ एन्टीजेन परिक्षणका क्रममा ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै कोरोना संक्रमितको संख्या ९ लाख ६ हजार ६ सय ९७ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप ११ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ३ सय ९९ जनाको कोरोनाका कारण ज्यान गएको छ । त्यस्तै थप ९ सय ११ संक्रमित निको हुँदा हालसम्म ७ लाख ९१ हजार २ सय ६९ जना निको भएका छन् । हाल नेपालमा ९ हजार ५ सय २६ सक्रिय संक्रमित आइशोलेशन र २ सय १२ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

Loading...