प्रधानन्यायाधीशको सहज ढङ्गले बहिर्गमन हुन्छ : ईश्वरीप्रसाद भट्टराई

नेपाल बार एसोसिएसनका उपाध्यक्ष ईश्वरीप्रसाद भट्टराईले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि प्रश्न उठेकाले उनले मार्गप्रशस्त गर्दा नै राम्रो हुने बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालले शनिबार काठमाडौँमा आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले प्रधानन्यायाधीशको पद सम्मानित पद भएकोले उनको सहज ढङ्गले बहिर्गमन हुनेमा आफूहरू विश्वस्त रहेको बताए ।
अहिले प्रधानन्यायाधीशको बारेमा प्रश्न उठेकोले आफूहरूले मार्गप्रशस्त गर्नुहोस् भनेको उनले बताएका छन् । त्यस्तै उनले आफूहरूले न्यायालयको स्वतन्त्रता, निष्पक्षता, पारदर्शिता र जनताप्रतिको जिम्मेवारीको लागि सुरुदेखि नै धेरै विषय उठाएको जिकिर गरे । उनले प्रधानन्यायाधीश जबराले राजीनामा दिँदैमा अहिलेको सबै समस्याको समाधान नहुने पनि धारणा ब्यक्त गरेका छन् ।
उनले न्यायाधीश नियुक्तिको सन्दर्भमा पनि आफूहरूले डे–वान देखि कुरा उठाएको पनि जानकारी दिए ।
फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार