आफ्नै कारणले जोखिममा मुटु

गत जेठमा काठमाडौंका २९ वर्षीय युवकको छाती एक्कासि असह्य हुनेगरी दुख्यो । उनलाई उपचारका लागि सहिद गंगालाल हृदय केन्द्र पुर्‍याइयो । आकस्मिक कक्षका चिकित्सकले उनलाई हृदयाघात भएको पत्ता लगाए । उनको मुटुको नसा बन्द भएको थियो । एनजिओप्लास्टी गरी उनको बन्द भएका नसा खुलाइएको उपचारमा संलग्न केन्द्रका निर्देशक डा. चन्द्रमणि अधिकारीले बताए ।

हृदयाघातको उपचारपछि चिकित्सकले मुटु सञ्चालन प्रक्रियाको जोखिम अवस्था तथा कारण खोजे । थप जोखिम छ कि छैन भनेर पत्ता लगाउन उनको एनजिओग्राफी (मुटुको अवस्था हेर्ने जाँच) गरियो । हृदयाघातको कारण खोजी गर्दा उनले नियमित चुरोट सेवन गरेको पाइएको डा. अधिकारीले बताए ।

उपचारपछि अहिले उनको स्वास्थ्य अवस्था सामान्य छ । ती युवकको उपचारलगत्तै डा. अधिकारीले सामाजिक सञ्जालमा चुरोट सेवनका कारण हृदयाघात भएको र कोरोना महामारीबीच पनि उनको उपचार गर्न अस्पताल सफल भएको पोस्ट गरेका थिए । उनले लेखेका थिए, ‘कम उमेरमै हृदयाघात भएका ती युवक चुरोटे थिए ।’ ड. अधिकारीका अनुसार ती युवकले दैनिक धेरै चुरोट सेवन गर्थे ।

त्यस्तै, तीन वर्षअघि नुवाकोटका ३२ वर्षीय युवकको पनि एक्कासि छाती दुख्यो । उनलाई आफन्तले उपचारका लागि तत्कालै मनमोहन कार्डियो थोरासिक तथा ट्रान्सप्लान्ट सेन्टर, महाराजगन्ज पुर्‍याए ।

उपचारक्रममा चिकित्सकले मुटुको नसा बन्द भएर हृदयाघात भएको पत्ता लगाए । उनको मुटुका तीनवटा नसा बन्द भएका थिए । उपचारमा संलग्न चिकित्सक डा. रत्नमणि गजुरेलका अनुसार ती युवकलाई उच्च जोखिमको हृदयाघात भएको थियो । एनजिओप्लास्टी गरी उनको मुटुका बन्द नसा खोलेर बचाउन सफल भएको डा. गजुरेलले बताए ।

ती युवकको उपचारपछि चिकित्सकले हृदयाघातको कारण खोजी गरे । उनको शरीरमा कोलस्ट्रोल थिएन, मधुमेह पनि थिएन । त्यसपछि चिकित्सकले बिरामीको जीवनशैलीबारे खोजी गरे । ती युवकले पनि दैनिक दुईबट्टा चुरोट सेवन गरेको पत्ता लाग्यो ।

यसैगरी छाती दुखेपछि मनमोहन कार्डियो थोरासिक तथा ट्रान्सप्लान्ट सेन्टरमा पुगेकी काठमाडौं बालाजुकी २८ वर्षीया महिलालाई पनि हृदयाघात भएको पत्ता लाग्यो । डा. गजुरेलका अनुसार सामान्यतया गर्भावस्थामा र ४५ वर्ष कम उमेरका महिलामा हृदयाघात हुँदैन भन्ने मान्यता छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार